Khabar Board
Flash logo up side
Nirbachan aayog

एक वर्षदेखि त्रिनगर नाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकको संख्या शून्य

Nirbachan m

धनगढी । भारतको स्थल मार्ग हुँदै त्रिनगर नाका भएर नेपाल भित्रिने विदेशी पर्यटकको संख्यामा कमी आएको छ । कोरोना महामारीका कारण विगत एक वर्षदेखि यो नाका भएर नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको संख्या शून्य देखिएको हो ।

विश्वमा फैलिएको कोभिड–१९ संक्रमणका कारण त्रिनगर नाका भएर तेस्रो मुलुकबाट भित्रिने पर्यटकको संख्यामा कमी आएको अध्यागमन कार्यालय धनगढीको तथ्याङ्कले देखाएको छ । केही समयदेखि कोरोना संक्रमणदरमा कमी आएपनि सुदूरपश्चिम प्रदेशमा भने विदेशी पर्यटकको चहलपहल बढ्न सकेन । यस क्षेत्रमा घुम्ने ठाउँ धेरै भए पनि विदेशी पर्यटकको रोजाई मा पर्न सकेका छैन ।

तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या ह्वात्तै घटेपछि पर्यटन व्यवसायमा निराशा छाएको छ । यसअघिका वर्षहरूमा तेस्रो मुलुक हुँदै त्रिनगर नाकाबाट भित्रिने विदेशी पर्यटकको संख्या धेरै नभए पनि विदेशी पर्यटक आउने गर्दथे । सन् २०१८ मा त्रिनगर नाका हुँदै ८३ जना विदेशी पर्यटक नेपाल आएका थिए । त्यस मध्ये सबै भन्दा बढी युएसएबाट २७ जना, मलेसियाबाट ८ जना, यूकेबाट ६ जना र अन्य देशबाट पनि नागरिक भित्रिएको तथ्याङ्कले देखाएको छ ।

यस्तै सोही वर्षमा यो नाका भएर ६८ जना विदेशी पर्यटक बाहिरिएका छन् । त्यस्तै सन् २०१९ मा यही नाका भएर ५५ जना विदेशी पर्यटक नेपाल आएका छन् । सबैभन्दा बढी युएसएबाट ७ जना भित्रिएका हुन् । भने सोही वर्ष ४८ जना विदेशी नागरिक बाहिरिएका छन् ।

यसै गरी नेपाल सरकारले पर्यटन वर्ष सन् २०२० मनाएको अवधिमा १६ जना विदेशी पर्यटक त्रिनगर नाका भएर नेपाल प्रवेश गरेको थिए भने १६ जना विदेशी नै बाहिरिएको अध्यागमन कार्यालय धनगढीका प्रमुख माधव जोशीले जानकारी दिए । त्यस यता भने यो नाकाबाट नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको संख्या शून्य रहेको उनले बताए ।

Panacea Education

“विश्वमा कोरोना संक्रमण फैलिएपछि यो नाका भएर कोही पनि विदेशी पर्यटक आएका छैनन्,’उनले भने,‘सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट मात्रै विदेशी पर्यटक आउन पाउने व्यवस्था गरेका कारणले पनि यो नाका भएर विदेशी पर्यटक नआएका हुन् ।” तर भारतीय पर्यटक भने दैनिक नेपाल/भारत आउजाउ गर्ने गरेका छन् ।

यहाँ धार्मिक तथा पर्यटकीय स्थल घुम्नको लागि भारतीय पर्यटक आउने गरेको अध्यागमन कार्यालय धनगढीका प्रमुख जोशी बताउँछन् । तर उनीहरूको तथ्याङ्क भने आफूहरूले राख्ने नगरेको उनको भनाई छ । अन्य प्रदेशका पर्यटकीय स्थलहरुमा विदेशी पर्यटकको चहलपहल बढेको देखिए पनि सुदूरपश्चिममा भने विदेशी पर्यटक भित्रिन सकेका छैनन् ।

कोभिडले थलिएको पर्यटनलाई चलायमान बनाउन सुदूरपश्चिमको प्रदेश सरकारले पनि कुनै पनि रणनीतिक योजना अघि नबढाएको आरोप छ । यहाँका पर्यटकीय स्थलहरूको प्रचार-प्रसार नभएका कारणले पनि विदेशी पर्यटकहरू नआएको हुन सक्ने कतिपयको बुझाई छ । प्रदेश सरकारले बढीभन्दा बढी यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरूको प्रचार-प्रसारमा ध्यान दिन आवश्यक छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.