Khabar Board
Flash logo up side
Nirbachan aayog

एमाले अछाम अधिवेशनः तीन सय मत गन्दा बोहरा अघि

Nirbachan m

अछाम । नेकपा एमाले अछामको आठौँ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक मतपरिणम आउन थालेको छ । प्रारम्भिक मत परिणामअनुसार अध्यक्षका उम्मेदवार चन्द्र बोहराको प्यान अघि देखिएको छ । मंगलबार भएको मतदानको बुधबार बिहानदेखि गणना सुरु भएको हो ।

जिल्ला सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना जारी छ । पदाधिकारीको नतिजा आजै साँझसम्म सार्वजनिक भइसक्ने छ नेकपा एमाले अछामले जनाएको छ । यस्तै तीन सय मतगणना हुँदा अध्यक्ष पदका उम्मेदवार चन्द्र बोहराको अग्रता कायम छ । बोहरा २२ मतले अघि छ्न् । बोहराले एक सय ५८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार प्रकाश शाहले एक सय ३६ मत पाएका छन्।

Panacea Education
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.