जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा आज विहीबारको मौसम जानकारी दिएको छ । हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण सामान्य वर्षा हुने विभागको विश्लेषण छ।
आगामी २४ घण्टा देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकोले चिसोबाट बच्न विभागले सतर्कता जारी गरेको छ । जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन भनेको छ ।
हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। देशका अधिकांश भू(भागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पौष २९ गते (बिहिबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ।
रातीः देशभर आंशिक बदली रहने छ।
२०७८ पौष ३० गते (शुक्रबार)
दिउँसोः प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ।
रातीः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ माघ ०१ गते (शनिबार)
दिउँसोः प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ।
प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीः प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ।
