काठमाण्डाैं । अर्घखाँची सिमेन्ट लिमिटेडले बुक बिल्डिङ बिधिबाट आईपिओ निष्काशनको प्रमुख ऐजेन्डा सहित साधारणसभा डाकेको छ । उक्त सभामा अन्य एजेण्डा रहे पनि बुक बिल्डिङ बिधिबाट आईपिओ निष्काशन प्रमुख रहेकाे छ ।
कम्पनीको पौष १२ गते बसेको सञ्चालक समितीको निर्णय अनुसार कम्पनीको २३ औँ बार्षिक साधारणसभा माघ ५ गते अर्घखाँची सिमेन्ट लिमिटेडको कार्यलय थापाथली, काठमांडौमा बिहान ११ बजे सुरु हुने छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम धितोपत्रकोप्रारम्भिक सार्वजनिक निष्काशन बुक विल्डिा (Book Building) विधिबाट गर्ने र सोहि अनुसार अधिकृत पूँजी, जारी तथा चुक्ता पूँजी परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यस्ता छन् सभाका अन्य ऐजेन्डाहरुः
१) सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने । २) आ.व. २०७७/०७८ को लेखापरिक्षणको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु माथि छलफल गरी पारित गर्ने ।
३) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम नगद लाभास स्विकृत गर्ने । ४) कम्पनी ऐनको दफा ७८ अन्र्तगतको प्रतिवेदन र उद्घोषण प्रस्तुत गर्ने ।

५) संचालक समिति पुर्नगठन गर्ने। ६) संचालकहरुको पारिश्रमिक तथा बैठक भत्ता निर्धारण गर्ने । ७) आर्थिक वर्ष २०७४/७९ को लागि लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने।
विशेष प्रस्तावहरुः
१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम धितोपत्रकोप्रारम्भिक सार्वजनिक निष्काशन बुक विल्डिा (Book Building) विधिबाट गर्ने र सोहि अनुसार अधिकृत पूँजी, जारी तथा चुक्ता पूँजी परिवर्तन गर्ने ।
२) विशेष प्रस्ताव नं १ को व्यवस्था अनुसार प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने । ३) प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न ।
संचालक समितिलाई अख्तियारी दिने ।
विविध नोट: शेयरधनी महानुभावहरुलाई कोभिड-१९ को महामारीको कारण अनलाईन जम (Zoom) माध्यमबाट पनि । सहभागी हुने व्यवस्था मिलाईने छ।
