बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले बार अनुसार सेवा प्रदान गर्ने भएको छ। बिहीबार एक सूचना जारी गर्दै प्रशासन कार्यालयले माघ ७ गते बाट बारअनुसार सेवा प्रदान गरिने जनाएको हो ।
पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका नागरिकहरुलाइ आइतबार, मेलोली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाइ सोमबार, दोगडाकेदार गाउँपालिका र डीलाशैनी गाउँपालिकाका नागरिकलाइ मंगलबार सेवा प्रदान गरिने जनाइएको छ ।
यस्तै बुधबार सुर्नया, बिहीबार पाटन नगरपालिकाका नागरिकहरुलाइ र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकहरुले सेवा पाउने सूचनामा उल्लेख गरिएको छ । यस्तै पुर्चौडी नगरपालिकाको हकमा इलाका प्रशासन कार्यालयबाट सेवा प्रदान हुने छ । कोरोना संक्रमण जोखीमका कारण प्रशासनले बारअनुसार सेवा प्रदान गर्न लागेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।
सेवा लिदा खोप कार्ड अनिवार्य गरिएको भन्दै उहाँले सेवा लिन आउदा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर आउन सबैलाइ आग्रह गर्नुे भएको छ । कोरोना संक्रमण फेरी बढ्न थालेपछि अहिले बैतडीमा पनि कडाइ गरिन थालिएको हो । यस्तै प्रशासनले सबै नागरिकहरुलाइ पनि स्वास्थयका मापदण्डको पालना गर्न आग्रह गरेको छ ।
