Khabar Board

भूपू कर्णेलले आफूलाई जर्नेल भन्दै प्रहरी थर्काएपछि…

काठमाडौँ l नेपाली सेनाका एक जना अवकाशप्राप्त मेकानिकल इञ्जिनियरले ट्राफिक नियम उल्लंघन गरेर उल्टै ट्राफिकको हुर्मत लिन खोजेका छन् । उनले नियमविपरित दरवार मार्गको अनधिकृत ठाउँमा बाइक अड्याएपछि ट्राफिकलाई आफू जर्नेल भएको धाक लगाएका हुन् ।

सडकमा उभिएका ट्राफिकले नियम उल्लंघनको कुरो उठाउँदा उनी उल्टै ट्राफिक प्रहरीमाथि अपशब्द बोल्दै जाइलागेका थिए । सादा पोशाकमा सवारी साधन हाँकेका उनी सेनाका अवकाशप्राप्त प्राविधिक प्रमुख सेनानी किरण राणा हुन् ।

राणा थरका सयौं जर्नेल भए पनि किरण चाहिँ लेफ्टिनेन्ट कर्नेल मात्रै हुन् । तर पनि उनले आफूलाई जर्नेलको रुपमा प्रस्तुत गर्दै ट्राफिकलाई थर्काउने प्रयास गरेको भिडियोमा सुन्न सकिन्छ ।

पेशाले मेकानिकल इञ्जिनियर उनी म्याद नथपिएपछि प्रमुख सेनानीबाटै अवकाश पाएर घर जान बाध्य भएका थिए ।

सेनाबाट अवकाश पाए पनि सडकमा सवारी साधन गुडाउने सबैको हैसियत एउटै हुन्छ । तर आफैँ ट्राफिक नियम उल्लंघन गर्ने अनि सरासर आफ्नो दर्जा ढाँटेर ट्राफिकलाई हप्किदप्की गर्ने यस्ता राणालाई सम्बन्धित निकायले नै कारबाही गर्नुपर्ने आवाज उठेको छ । यो सेनाको प्रतिष्ठासँग समेत जोडिएको विषय भएकाले सबैले चासोपूर्वक हेरेका छन् । जनआस्था साप्ताहिकमा खबर छ l

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.