Khabar Board

सोमवार लगानीकर्ताको रोजाईमा अरुणभ्याली हाइड्रोपावर !

काठमाडौँ – सोमवार अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको ७ लाख ९९ हजार २०४ कित्ता शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको शेयर कारोबार भएको दिन कम्पनीको शेयरमूल्य पनि ५ दशमलव ८९ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिनको भन्दा कम्पनीको शेयरमुल्य प्रतिकित्ता ३१ दशमलव ८० ले बढेर अन्तिम मूल्य ५७१ दशमलव ३० पुगेको हो । यस वर्षको लाभांश भने कम्पनीले वितरण गरिसकेको छ ।

यस वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको हो । १० प्रतिशत बोनस शेयर पुस २० गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराईसकेको कम्पनीले उक्त बोनस पश्चात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव कम्पनीले असोज २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गराईसकेको छ ।

कम्पनीले १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गरेको हो । बोनस पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ७२ करोड ९५ लाख ९४ हजार रुपैयाँ पुगेको छ । सोही पूँजीको आधारमा कम्पनीले ५० प्रतिशत हकप्रद शेयर विक्री गर्नेछ । यसका लागि भने विद्युत नियमन आयोगको स्वीकृति पश्चात कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग स्वीकृति प्राप्त गर्नुपर्नेछ । कम्पनीले माथिल्लो काबेली–२ जलविद्युत आयोजनको निर्माणका लागि आवश्यक पर्ने स्वपूँजी लगानीका लागि हकप्रद निष्कासन गर्न लागेको जानकारी दिएको छ ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.