सुदूरपश्चिममा एकैदिन मंगलबार ४ सय ८८ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३६ नमूनाको कारोना परिक्षण गरिएकोमा ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनाय डोटीका अनुसार एन्टीजेन बिधिबाट १ हजार १ सय ४१ नमुनाको कोरोना परिक्षण गर्दा २ सय ३१ र पीसीआर बिधिबाट ३ सय ९५ नमूनाको कोरोना परिक्षण गर्दा २ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये कैलालीका २ सय ६४, कञ्चनपुरका १ सय ६४, डडेल्धुराका १५, बाजुराका ११, अछाम, बझाङका १०÷१०, बैतडीका ७, डोटीका ५, दार्चुलाका १, प्रदेश बाहिरका १ जना रहेका छन । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ हजार ५ सय २१ पुगेको छ ।
प्रदेशमा सोमबार १ हजार २ सय ७५ नमूनाको कोरोना परिक्षण गर्दा ३ सय ४५ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार २ सय ७८ पुगेको छ ।















