Khabar Board
Flash logo up side
flash header

कोभीड नियन्त्रण र व्यवस्थापनका बिषयमा बैतडीमा अन्तरक्रिया

Nirbachan m

बैतडी – कोरोना संक्रमण बढ्दै गएपछि त्यसको रोकथाम र नियन्त्रणका बिषयमा आज बैतडीमा सदरमुकाममा अन्तरक्रिया सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको अन्तरक्रियामा सरकारी कार्यालयका प्रमुख र पत्रकारहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा कोभीड संक्रमण नियन्त्रणका बिषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका बिषयमा चासो लिएको उनले बताए ।

Center article

यस्तै कोभीडको महामारीका बेला सरकारी सेवा प्रवाहका बिषयमा पनि कार्यालय प्रमुखहरुसंग छलफल गरिएको उनले बताए । यस्तै सार्वजनिक सेवाप्रति नागरिकको गुनासोको बिषयमा पत्रकारहरुसंग छलफल गरिएको सूचना अधिकारी भारतीले बताए । सार्वजनिक सेवालाई प्रभावकारी बनाउन पत्रकारहरुसंग अन्तरक्रिया गरिएको उनले बताए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.