Khabar Board
Flash logo up side
flash header

चर्को स्वर भएको भन्दै प्राध्यापकलाई जागिरबाट निकाला; अदालतले सुनायो यस्तो आदेश

Nirbachan m

एजेन्सी । एक प्राध्यापकलाई ठूलो स्वर भएका कारण जागिरबाट निकालिएको छ । बेलायतको एक विश्वविद्यालयकी प्राध्यापकले विद्यार्थीसँग पनि चर्को आवाजमा कुराकानी गर्ने गरेको भन्दै उनलाई निकाला गरिएको हो । आफूलाई जागिरबाट निकाला गरिदिएको मुद्दा लिएर प्राध्यापक अदालत गइन् र अब अदालतले उनको पक्षमा निर्णय सुनाएको छ । अदालतले उनलाई क्षतीपूर्ति स्वरुप १ लाख पाउन्ड रकम दिन पनि आदेश दिएको छ । स्मरण रहोस्, वरिष्ठ एकेडेमिक डा. एनेट प्लाटले एक्सेन्टर विश्वविद्यालयमा २९ वर्षभन्दा बढी काम गरेकी थिइन् ।

उनको दाबी अनुसार डा. प्लाटलाई उनको चर्को आवाजका कारण विश्वविद्यालयको भौतिकी विभागमा उनको पदबाट बर्खास्त गरिएको थियो । आफ्नो उजुरीमा उनले संस्थालाई पक्षपात भएको आरोप लगाउँदै यो तनावबाट निस्कनकाम लागि चिकित्सकको सहयोग पनि लिनु परेको बताइन् । एनेट प्लाटले आफ्नो बचाउमा अदालतमा भनिन्, ‘म पूर्वी यूरोपेली यहूदी परिवारसँग सम्बन्ध राख्छु मलाई आफ्नो कुरा र विचारलाई राम्रो तरिकाले व्यक्त गर्न सिकाइएको छ। म जानीजानी कसैलाई समस्यामा पार्नका लागि चर्को आवाजमा कुरा गर्दिनँ वा पढाउँदिनँ ।

Center article

मेरो आवाज नै यस्तै छ।’द गार्जियनको एक रिपोर्टका अनुसार उनले युनिभर्सिटी अफ एक्सेटरको भौतिक विभागमा ३० वर्षदेखि पढाउँदै आएकी छिन् । उनलाई भौतिक विभागमा संलग्न हुने पहिलो महिला विद्वान पनि मानिन्छ । द मिररको एक रिपोर्ट अनुसार भौतिक विज्ञानकी यी प्राध्यापकलाई पहिले निलम्बन गरियो र पुनः २०१९ को डिसेम्बरमा विद्यावारिधीका विद्यार्थीमाथि चर्को आवाजले कुराकानी गरेको भन्दै बर्खास्तसमेत गरियो । रोजगार न्यायाधिकरणले उनलाई गलत तरिकाबाट बर्खास्त गरिएको पैmसला सुनाउँदै उनलाई १ लाख पाउण्ड तिर्ने आदेस सुनाएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.