अन्ततः एकैसाथ यी ५ वटा कम्पनीले आईपीओ निष्काशनकाे अनुमति पाए, अब आवेदन दिन तयार हुनुस

Image

काठमाण्डाैं । एक साथ ५ कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपिओ निष्काशनको अनुमति दिएको छ । ५ वटा कम्पनीलाई बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले आईपिओ निष्काशनको अनुमति दिने निर्णय गरेको हो ।

बुधबार बोर्डका संचालक समिति सदस्य शोभाकान्त पौडेलको अध्यक्षता बसेको संचालक समितिको बैठकले आईपिओ निष्काशनको अनुमति दिएको हो ।

बोर्ड अध्यक्ष नहुँदा सदस्यहरु मध्ये एक जनाले बोर्ड बैठकको अध्यक्षता गर्ने ब्यबस्था अनुसार अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गरेका पौडेलले नै हाल बोर्ड बैठकको अध्यक्षता गर्दै आएका छन् ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पौडेलको अध्यक्षतामा बुधबार बसेको बोर्ड बैठकले आईपिओ निष्काशनको लागि ५ कम्पनीलाई अनुमति दिने निर्णय भएको बिजपाटीलाई बताए ।

उनका अनुसार बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरिएको हो ।

यस संगै अब बलेफी हाइड्रोपावर कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ र ग्रिन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छन् ।

त्यस्तै जाल्पा लघुवित्तले ५ करोड २२ लाख, राष्ट्र उत्थानले ८ करोड ५० लाख र नेस्डो लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छन् ।

सर्वोत्तम शेयरको प्रकरण बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेदेखि नै आईपिओ अनुमति दिने प्रक्रिया रोकिएको थियो। हाल सरकारले ढुंगानालाई बर्खास्त गरि नयाँ अध्यक्ष नियुक्तिको लागि प्रक्रिया थालेको छ । बीजपाटीले लेखेकाे छ ।