बैतडी । जिल्लामा पूर्ण खोप लगाउनेको संख्या एक लाख नाघेको छ । एक लाख पाँच हजार ६५८ जनाले पूर्ण खोप लगाएका छन् । यस्तै, पहिलो मात्रा लगाउनेको संख्या भने एक लाख ३९ हजार ९८५ रहेको छ। पछिल्लो विवरणअनुसार पुर्चौंडी नगरपालिकामा २० हजार ५६८ जनाले पहिलो मात्रा र १२ हजार ७७२ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा २४ हजार १६७ जनाले पहिलो मात्रा र २२ हजार ११८ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। डिलाशैनी गाउँपालिकामा १७ हजार ७३३ जनाले पहिलो मात्रा र ८ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। यसैगरी, जिल्लाको पाटन नगरपालिकामा १५ हजार ३१८ जनाले पहिलो मात्रा र २१ हजार ६६७ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । मेलौली नगरपालिकामा १३ हजार ६५९ जनाले पहिलो मात्रा र ७ हजार ४१० जनाले पूर्ण मात्रा खोप लगाएका छन्। दोगडाकेदार गाउँपालिकामा १३ हजार ८१८ जनाले पहिलो मात्रा र ८ हजार ५९५ जनाले पूर्ण मात्रा पाएका छन् ।
सिगास गाउँपालिकामा ९ हजार ८८ जनाले पहिलो मात्रा र ६ हजार ४०९ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। सुर्नया गाउँपालिकामा ९ हजार ३१४ जनाले पहिलो मात्रा र ६ हजार ७८४ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। पञ्चेश्वर गाउँपालिकामा ८ हजार ९७० जनाले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । शिवनाथ गाउँपालिकामा ७ हजार ३५० जनाले पहिलो मात्रा र ४ हजार ४६५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ।















