हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मास्क नलगाइ हिँड्ने ५९ जनालाई कारबाही गरेको छ ।
प्रशासनको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुर कार्यालयबाट खटिएको प्रहरी टोलीले मास्क नलगाई हिंडडुल गर्ने ५९ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जनही एकसय रुपैयाँ दरले जरिवाना गरिएको हो ।
प्रहरी प्रशासन कार्यालयले मास्क नलगाएर हिँड्नेलाई एकसय रुपैयाँ जरिवाना गराउने निर्णय गरेको थियो । बजार क्षेत्रमा मास्क वितरण गरेर जनचेतना जगाउनु पर्नेमा भन्दा पनि सर्वसाधरणलाई कारबाही गरेर कर उठाउन तिर राज्य केन्द्रीत भएकोभन्दै सर्वत्र विरोध भइरहेको छ ।
















