बझाङमा विप्लवका कार्यकर्ताद्धारा वडाध्यक्ष र वडा सचिवलाई कालोमोसो दलियो

Image

बझाङ। बझाङमा वडा अध्यक्ष र सचिवमाथि कालोमोसो दलिएको छ ।

बझाङको बित्थडचिर गाउँपालिका ८ का वडाध्यक्ष जय बहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मसो दलेको छ। वडामा वडाध्यक्ष र वडा सचिव मिलेर भ्रष्टाचार गरेको भन्दै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको अनेरास्ववियुले कालोमोसो दलेको पार्टीले जनाएको छ। कार्यालय जादै गर्दा सोमबार दिउँसो बाटोमै नेकपाका कार्यकर्ताले दुर्व्यवहार गरेका हुन्।

उनीविरूद्ध खानेपानी योजना निमार्णमा भ्रष्टाचार गरेको, मजदुरलाई ज्याला नदिएको, सडक बिस्तारमा कमिसन खाएको, कागजपत्र मिलाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको र प्रतिबन्धको समयमा पार्टीविरुद्ध सुराकी गरेको आरोप लगाइएको छ। यता बित्थडचिर गाउँपालिका प्रवक्ता हर्क धामीले वडाध्यक्ष र वडा सचिवलाई दुर्व्यवहार गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता भइसकेको र उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताए।