हेटौंडा । पुरानो नारायणी यातायात कम्पनी प्रा.लि. मकवानपुरले प्रहरीलाई मास्क हस्तान्तरण गरेको छ । मंगलबार हेटौंडाको बुद्धचोकमा एक कार्यक्रम आयोजना गरी कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठले वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्टलाई मास्क हस्तान्तरण गरेका हुन् ।
मकवानपुरमा पुनः कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सचेतनामूलक पर्चा र मास्क वितरण अभियान सुरु गरिएको थियो ।
कम्पनीले ‘अनिवार्य मास्क लगाऔं’ स्वास्थ्य मापदण्ड पालना गरौँ भन्ने उद्देश्य सहित सुरु गरेको अभियान रहेको र त्यसै अन्तर्गत प्रहरीलाई मास्क हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले बताए । सोही कम्पनीले यस अघि हेटौंडा १० बसपार्कमा माक्स अभियान सञ्चालन गरिसकेको छ ।
कार्यक्रममा कोभिड सर्तकताको लागि सचेतना मुलक पर्चा र मास्क नलगाई हिडडुल गर्ने व्यक्ति लगायत यात्रुलाई मास्क वितरण पनि गरिएको थियो । उनिहरुलाई स्वास्थ्य सुरक्षका मापदण्ड पालना गर्न गराउन र माक्स को उचित प्रयोग गर्न आग्रह पनि गरेका थिए ।
कार्यक्रममा पुरानो नारायणी यातायात कम्पनीका महासचिव सरोज खनाल, कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी, लगायत प्रहरी को उपस्थिति रहेको थियो
















