जनकपुरधाम । मधेस प्रदेशका प्रदेशसभा सदस्य अशोक यादवले प्रदर्शनकारीले आफ्नो हात भाँचिदिएको बताएका छन् । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले हात भाँचिदिएको उनले बताएका हुन् ।
बुधबार जनकपुरधाममा जनमतका नेता–कार्यकर्ताले प्रदर्शन गरेका थिए । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान गर्न यादवलगायत मतदाता आउँदै थिए ।
सोही क्रममा जानकी मन्दिरअगाडि १५–२० जनाको समूहमा आएका प्रदर्शनकारीले तोडफोड गर्नुका साथै आफ्नो हात भाँचिदिएको उनको भनाइ छ ।
यस्तै, सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईंको गाडी तोडफोड गरिएको छ । त्यसक्रममा प्रदर्शनकारीले कुटपिट समेत गरेको प्रसाईंको आरोप छ ।
















