सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनः गठबन्धनका मिश्र विजयी

Image

धनगढी । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट कैलालीका नारायणदत्त मिश्र विजयी भएका छन्। मिश्रले १४३ मत ल्याएर निर्वाचित भएका हुन्। उनी सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार हुन्।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार डोटीका डिल्लीराज भट्टले ८२ मत मात्रै प्राप्त गरेका छन्। यस्तै २ मत बदर भएको निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टले बताए।