हेटौंडा । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को नतिजा बुधबार प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार मकवानपुरमा जनसंख्या ०.८८ प्रतिशत बढेको पाइएको छ ।
मकवानपुरको जनसंख्या ४ लाख ६१ हजार ५३ पुगेको छ । ६८ सालको असार महिनामा मकवानपुरको जनसंख्या ४ लाख २० हजार ४७७ थियो । १० वर्षको अवधिमा मकवानपुरमा ४० हजार ५७६ जनसंख्या बढेको छ ।
मकवानपुरमा २ लाख २८ हजार ४७२ पुरुष रहेका छन् भने महिला २ लाख ३२ हजार ५८१ महिला रहेका छन् । जिल्लामा पुरुष भन्दा महिलाको संख्या ४ हजार १०९ बढी रहेका छन् । सार्वजनिक नतिजामा तेस्रो लिङ्गीको तथ्याङ्कमा भने समेटिएको छैन ।
सार्वजनिक नतिजा अनुसार जिल्लामा जनगणना घर संख्या ९६ हजार २१४ रहेको छ । सो घरमा १ लाख ६ हजार ६०६ घर परिवार बसोवास गर्छन् । जिल्लामा परिवारको औषत आकार ४.३२ रहेको छ । जुन एक परिवारमा चार जना भन्दा बढी सदस्य हुन आउँछ । जिल्लामा १ सय ९० जना प्रति बर्गकिलोमिटर जनघनत्व रहेको छ ।
हेटौंडा उपमहानगरपालिका
जिल्लाको १० स्थानीय तहमा सबैभन्दा बढी जनसंख्या हेटौंडा उपमहानगरपालिकामा रहेको छ । उपमहानगरको ३९ हजार घरमा गरिएको जनगणनामा १ लाख ९५ हजार ९५१ जना बसोवास बसोवास गरिएको पाइएको छ । जसमा महिला ९८ हजार ६२७ र पुरुष ९७ हजार ३२४ रहेका छन् । उनीहरु ४७ हजार २७ परिवारमा विभाजित भएर बसोवास गरिरहेका छन् ।
मनहरी गाउँपालिका
जिल्लाको बढी जनसंख्या भएको दोस्रो स्थामा मनहरी गाउँपालिका रहेको छ । सार्वजनिक तथ्याङ्क अनुसार मनहरीको जनसंख्या ४७ हजार १४४ रहेको पाइएको छ । जसमा महिला २४ हजार १५८ र पुरुष २२ हजार ९८६ जना रहेका छन् । १० हजार ९७ घरमा गरिएको जनगणना गरिएको थियो भने १० हजार ७६२ परिवार छन् ।
बकैंया गाउँपालिका
तेस्रो जनसंख्या बढी भएको स्थानीय तह बकैंया गाउँपालिका हो । बकैंयाको जनसंख्या ४० हजार ६७१ रहेको तथ्याङ्कमा उल्लेख छ । महिला २० हजार ७२४ र पुरुष १९ हजार ९४७ जना रहेका छन् । परिवार संख्या ९ हजार २८ वटा रहेको बकैंयाका ८ हजार ६६४ घरमा जनगणना गरिएको थियो ।
थाहा नगरपालिका
थाहा नगरपालिका चौथोँ स्थानमा रहेको छ । ९ हजार ८४२ घर परिवार बसोवास रहेको थाहाको जनसंख्या ३९ हजार १६३ रहेको छ । गाउँपालिकामा महिला संख्या १९ हजार १२२ र पुरुषको १९ हजार २४१ रहेको छ । गाउँपालिकामा ९ हजार ८४२ वटा परिवार रहेका छन् ।
बागमती गाउँपालिका
बागमती गाउँपालिकामा पाँचौ स्थानमा छ । गाउँपालिकामा कुल जनसंख्या ३० हजार ६२५ रहेको छ । यहाँ महिला १५ हजार ५१४ र पुरुष १५ हजार १११ रहेका छन् । गाउँपालिकामा ६ हजार ४९४ वटा परिवार छन् भने ६ हजार १९५ घरमा जनगणना गरिएको थियो ।
राक्सिराङ्ग गाउँपालिका
राक्सिराङ्ग गाउँपालिकामा छैठौँ नम्बरमा छ । जहाँको कुल जनसंख्या २५ हजार ८७१ रहेकोे छ । सार्वजनिक तथ्याङ्क अनुसार महिला १२ हजार ७२४ र पुरुष १३ हजार १४७ रहेका छन् । गाउँपालिकामा ५ हजार ७७ वटा परिवार छन् भने ५ हजार ४३ घरमा जनगणना भएको थियो ।
मकवानपुरगढी गाउँपालिका
मकवानपुरगढी गाउँपालिकामा सातौँ स्थानमा छ । गाउँपालिकाको कुल जनसंख्या २४ हजार २५२ रहेको छ । सार्वजनिक तथ्याङ्क अनुसार महिला १२ हजार ८३ र पुरुष १२ हजार १६९ जना रहेका छन् । गाउँपालिकामा ५ हजार ३४२ वटा परिवारको बसोवास छ भने ५ हजार २३९ घरमा जनगणना भएको थियो ।
कैलाश गाउँपालिका
कैशाल गाउँपालिका आठैँ नम्बरमा छ । यहाँको कुल जनसंख्या २१ हजार ९९२ रहेको छ । यहाँ महिलाको संख्या १० हजार ८५२ र पुरुष ११ हजार १४० रहेको छ । गाउँपालिकामा ४ हजार ४०० घरमा जनगणना हुँदा ४ हजार ४८७ परिवार रहेको तथ्याङ्कमा छ ।
भिमफेदी गाउँपालिका
नवौँ स्थानमा रहेको भिमफेदी गाउँपालिकाको कुल जनसंख्या २१ हजार ६२६ रहेको पाइएको छ । यहाँ महिला १० हजार ९५८ र पुरुष १० हजार ६६८ पुरुष छन् । यहाँ ४ हजार ९३९ घरमा जनगणना गरिएको थियो । हाल ५ हजार १२८ वटा परिवार बसोवास छन् ।
इन्द्रसरोबर गाउँपालिका
जनसंख्याको आधारमा पुच्छार अर्थात दशौँ स्थानमा इन्द्रसरोबर गाउँपालिका छ । गाउँपालिकामा महिला ७ हजार १९ र पुरुष ६ हजार ७३९ गरी कुल जनसंख्या १३ हजार ७५८ रहेको तथ्याङ्कमा उल्लेख छ । ३ हजार २१७ घरमा जनगणना गर्दा ३ हजार ४१५ वटा परिवार रहेको पाइएको छ ।
दुई स्थानीय तहमा पुरुषको संख्या बढी
जिल्लाभर पुरुष भन्दा महिलाको संख्या ४ हजार १०९ बढी रहेको छ । जिल्लाको १० स्थानीय तह मध्ये मकवानपुरगढी, कैलाश र राक्सिराङ् गाउँपालिकामा महिलाको भन्दा पुरुषको संख्या बढी रहेको पाइएको छ । सार्वजनिक प्रारम्भिक तथ्याङ्क अनुसार मकवानपुरगढीमा ८६, कैलाशमा २८८ र राक्सिराङ्मा ४२३ ले पुरुष संख्या बढी रहेको छ ।
त्यस्तै हेटौंडामा १ हजार ३०३, मनहरीमा १ हजार १७२, बकैंयामा ७७७, थाहामा ११९, बागमतीमा ४०३, भिमफेदीमा २९० र इन्द्रसरोबरमा २८० ले महिलाको जनसंख्या बढी रहेका सार्वजनिक तथ्याङ्कमा छ ।
परिवारमा अनुपस्थित ०.६१ प्रतिशत
जनगणनाको समयमा परिवारमा अनुपस्थित अथार्त विदेशमा बसोवास गर्ने मकवानपुरका १९ हजार ५४६ जना रहेका छन् । जुन जिल्लाको कुल जनसंख्याको ०.६१ प्रतिशत हुन आउँछ । जसमा पुरुष १४ हजार ८२० र ४ हजार ७२६ जना रहेका छन् ।
















