Khabar Board
Flash logo up side
flash header

सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानबिन सुरु

Nirbachan m

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानबिन सुरु भएको छ ।

कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानबिन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले जानकारी दिए।

शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट समेत हटाएको छ । छानबिन सुरु भएकाले उनलाई शिक्षालयको प्रमुखबाट हटाएको बताइएको छ ।

Center article

यहाँ अध्ययनरत विद्यार्थीलाई कुखुरा पालनबारे सिकाउन शिक्षालयले ५०० चल्ला खरिद गरेको थियो । कुखुराका चल्ला पठाउने व्यवसायीसँग फोनमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनीमाथि छानबिन सुरु भएको हो ।

शिक्षालयमा उनले पेन्टिङ, मसलन्द, भवन निर्माण, पेट्रोलियम पदार्थ, गाडी मर्मत, विद्यार्थी भर्ना, विद्यार्थी परिचयपत्र र पोसाकमा समेत आर्थिक अनियमितता गरेको आरोप लागेको छ । रासस

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.