धनगढी । दार्चुलाको महाकाली नदीमा बगेका युवकको उद्धार गरिएको छ। शुक्रवार नदीमा बगेका दार्चुलाको व्यास गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरको उद्धार गरिएको हो। नुहाउनका लागि उनी नदीमा गएको बताइएको छ।
नुहाउने क्रममा नदीमा बगेका कुँवरको उद्धार गरी अस्पताल पुर्ययाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको उद्धार गरेको हो।
उनी जिल्ला अस्पताल दार्चुलामा उपचाररत छन्।