Khabar Board
Flash logo up side
flash header

कञ्चनपुरमा स्यालको टोकाइबाट बालिका घाइते

Nirbachan m

कञ्चनपुर । स्यालको टोकाइबाट शुक्लाफाँटा नगरपालिका २ रानीपुरकी ७ वर्षीया लक्ष्मी बोहरा घाइते भएकी छन्। शुक्रबार घरनजिकै सनवोरा नदी छेउमा आमासँगै घाँस काट्न गएका बेला लक्ष्मीलाई बाँसको झाडीमा लुकेको स्यालले टोकेको हो।

बालिकाकी आमा गंगाका अनुसार स्यालले टोकेर नाकमा एउटा र मुखमा ३ ठाउँमा गहिरो घाउ बनाएको छ। बालिकाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। स्यालले बस्तीनजिक आएर घरपालुवा कुकुरलाई समेत टोक्न थालेकाले स्थानीय निकै त्रसित भएका छन्। दिउँसै घरआँगनमै स्याल आउन थालेकाले निकै त्रसित रहेको स्थानीय पदम भाटले बताए।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.