बैतडी । आइतबार बैतडीमा थप ११ जना नयाँ कोरोनाका संक्रमित फेला परेका छन् । एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा थप ११ जना संक्रमित फेला परेक हुन् ।
आइतबार दशरथचन्द नगरपालिकाका ३ जना, पुर्चौडी नगरपालिका , मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकाका १÷१ जना, शिवनाथ गाउँपालिकाका २ जना र बाहिर जिल्लाका ३ जना गरि ११ जना नयाँँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
यस्तै १४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार १४ जना कोरोना जितेर संक्रमण मुक्त भएका बताइएको छ। अहिले जिल्लामा कोरोनाका २सय ४५ जना सक्रिय संक्रमित रहेका छन्। 















