Khabar Board
Flash logo up side
flash header

छोरीलाई बलात्कार गर्ने बुवालाई २० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला

जिल्ला अदालतको फैसला उच्च अदालत उल्टायो

Nirbachan m

धनगढी । कैलालीमा ७ वर्षीया छोरीलाई बलात्कार गरेको मुद्धामा जिल्ला अदालतले गरेको फैसला उच्च अदालत दिपायलले उल्टाएको छ । कैलाली जिल्ला अदालतले गरेका फैसला उच्च अदालतले उल्टाएको हो ।

सुस्मिता (नाम परिवर्तित) को जाहेरीले नेपाल सरकार वादी रहेको एक मुद्दामा कैलाली जिल्ला अदालतले एक वर्ष पाँच महीना कैद र पन्ध्र हजार जरिवानाका साथै पच्चीस हजार क्षतिपूर्ति हुने गरी गरेको फैसला उच्च अदालतले उल्टाएको हो । सो मुद्दामा बीस वर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

आफ्नै सौतेलो बुवाले सात वर्षकी नाबालिकालाई घरमा कोही नभएका बेला बारम्बार जबरजस्ती करणी र हाडनाता करणी गर्ने गरेको भन्ने जाहेरीमा जिल्ला अदालत कैलालीले हाडनाता करणीमा दावी नपुग्ने भन्दै जबरजस्ती करणीतर्फ मात्रै मुलुकी अपराध संहिता, २०७४ को दफा २२५(३) बमोजिम एक वर्ष पाँच महीना कैद गरेको थियो ।

Center article

आइतबार उच्च अदालत दिपायलका कायममुकायम मुख्य न्यायाधीश कुँवर र न्यायाधीश थापाको संयुक्त इजलासबाट मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(३)(क) बमोजिम बीस वर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउने गरी फैसला भएको उच्च अदालत दिपायलले जानकारी दिएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.