Khabar Board
Flash logo up side
flash header

बैतडीमा केदारनाथ ज्योतिर्लिङ्ग स्थापनाका लागि मन्दिरको शिलान्यास

Nirbachan m

बैतडी । बैतडीको रौलाकेदार धाममा केदारनाथ ज्योतिर्लिङ्ग स्थापनाका लागि मन्दिरको शिलान्यास गरिएको छ । रौलाकेदार धाम नजिकैको दुले भन्ने स्थानमा मन्दिर निर्माणका लागि आइतबार शिलान्यास गरिएको हो ।

नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले मन्दिरको शिलान्यास गरेको गुरुका प्रवक्ता विक्रमसिंह धामीले जानकारी दिए । मन्दिरको शिलान्यासका क्रममा जगद्गुरुले रौलाकेदारको महिमाका बारेमा स्कन्ध पुराणको मानसखण्डमा उल्लेख भएका कुराहरुको बारेमा जानकारी दिएका थिए ।

रौलाकेदार बाह्र ज्योतिर्लिङ्ग मध्येको केदारनाथ ज्योतिर्लिङ्ग भएको जगदगुरुको भनाई छ । मन्दिर शिलान्यासको क्रममा जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्ट, मोहनचन्द्र शास्त्री, जगद्गुरुका प्रवक्ता विक्रम धामी, भम्केनी धामका महासचिव करन भट्ट लगायतको उपस्थिती रहेको थियो ।

Center article

स्थानीयस्तरमै नागरिकको सहभागितामा ज्योतिर्लिङ्ग स्थापनाका लागि पहल भएको धामीले बताए । आइतबार नै मन्दिर निर्माणका लागि केहीले चन्दा समेत दिएका उनले बताए । स्राेत – सगुनखबर

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.