हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै माघ १८ गतेदेखि २० गतेसम्म सार्वजनिक विदा दिने जनाएको हो ।
माघ १६ गते बसेको बैठकले तामाङ समुदायले नयाँ वर्षको आरम्भको रूपमा मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा विदा दिने निर्णय गरेको थियो । तामाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकाले ल्होछारको दिन १९ गते परेकाले सो दिनको एक दिनअघि र एक दिनपछि गरी तीन दिनसम्म सार्वजनिक बिदा दिएको हो।















