बैतडी- सुर्नया गाउँपालिकाका १० सहित बैतडीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको एन्टीजेन परीक्षणमा जिल्लामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार मंगलबार सुर्नया गाउँपालिकाका १० जना, सिगास गाउँपालिका, पुर्चौडी नगरपालिका र डीलाशैनी गाउँपालिकाका १÷१ जना र बाहिर जिल्लाका २ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै मंगलबार १४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
१५ जनामा कोरोना पुष्टि हुंदा १४ जना कोरोना जितेर निकोभएका हुन् । १५ जना नयाँ कोरोनाका संक्रमित थपिएसंगै बैडीमा कोरोनाका संक्रिय संक्रमितको सङख्यम २ सय ७९ पुगेको छ । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा ७९ जना, दशरथचन्द नगरपालिकामा ४६ जना, पुर्चौंडी नगरपालिकामा ३४ जना र मेलौली नगरपालिकामा ३४ जना रहेका छन् ।
यस्तै शिवनाथ गाउँपालिकामा ८ जना, पञ्चेश्वरमा ७, सिगास गाउँपालिकामा ७ जना, सुर्नया गाउँपालिकामा १२ जना, दोगडाकेदार गाउँपालिकामा २ जना र डिलाशैनी गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका ४८ जना सक्रिय संक्रमित रहेका बताइएकाे छ ।