Khabar Board

बैतडीका ३ सहित सुदूरपश्चिमका ३६ जना शाखा अधिकृतमा सिफारिस

बैतडी- निजामती सेवामा खुला प्रतिस्पर्धाबाट छनोट गरिने निजामती सेवा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा बैतडीका ३ सहित सुदूरपश्चिमका ३६ जनाको नाम सिफारिस भएको छ। लोक सेवा आयोगले प्रकाशित गरेको पदपूर्तिसम्बन्धी नतिजाअनुसार प्रशासन, लेखा, लेखापरीक्षण, राजस्व र संसद् सेवा समूहका चार सय ८५ जना अधिकृत उत्तीर्ण हुदा बैतडीका ३ सहित सुदूरपश्चिमका ३६ जना उत्तीर्ण भएका हुन्।

प्रदेशमा सबैभन्दा बढी कञ्चनपुरका १०, बझाङका ८, कैलाली र दार्चुलाका ४/४, अछाम र बैतडीका ३/३ र डडेल्धुरा र डोटीका २/२ जना सिफारिसमा परेका छन्। बाजुराबाट भने कुनै पनि उम्मेदवार सिफारिस भएका छैनन्। खुलातर्फ कन्चनपुरका माधव भण्डारी योग्यता क्रमअनुसार पहिलो नम्बरमा परेका छन्। कृषितर्फको बागबानी विषयमा स्नातक गरेका भण्डारीले प्रशासन सेवाअन्तर्गत अधिकृतमा सिफारिस भएका हुन्। उनले रोजेको ठाउँमा पोस्टिङ पाउने छन्।

गत भदौमा सबै परीक्षा पूरा गरे पनि कर्मचारी समायोजनसम्बन्धी विवादका कारण उत्पन्न जटिलता जोडिएपछि सर्वोच्चको आदेशमा नतिजा प्रकाशन रोकिएको थियो। सर्वोच्चले केही दिनअघि दिएको आदेशअनुसार रोकिएको नतिजा प्रकाशन सार्वजनिक गरिएको हो।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.