Khabar Board
Flash logo up side
flash header

स्थानीय तहको निर्वाचन समयमै गर्न अनेरास्ववियु मकवानपुरको माग

Nirbachan m

हेटौंडा । स्थानीय तहको निर्वाचन समयमै गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु मकवानवपुरले बुधबार हेटौंडाको बुद्धचोकमा सडक बहसको आयोजना गरेको हो । अनेरास्ववियु मकवानवपुर जिल्ला कमिटीका अध्यक्ष विशाल पौडेलको अध्यक्षतामा र अनेरास्ववियु पूर्व केन्द्रीय उपाध्यक्ष लगायत नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले अहिले गठबन्धनको सरकारले संविधान अनुसार हुनुपर्ने स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरी देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेको आरोप पनि लगाएको छ । त्यसको विषयमा आम नागरिक ,विद्यार्थी, जनता, नागरिक समाजलाई कानुनका प्रावधानहरु के हुन् ? र स्थानीय तहको निर्वाचन समयमै किन हुनुपर्ने हो यदि समयमा निर्वाचन भएन भने त्यसको परिमाण के हुन्छ ? भन्ने कुरा प्रस्ट पार्नका निम्ति सडक बहस गर्नु परेको उनको भनाइ रहेको छ।

Center article

त्यसैगरी कानुनव्यवसायी मुकुन्द अधिकारीले पनि स्थानीय तहको निर्वाचनको मिति सार्ने कुरा संविधान र कानुन विपरित रहेको बताएका छन् । निर्वाचनको अपरिहार्यता छ भन्ने कुरा स्वयम् सरकारलाई थाहा नहुने कुरा भन्नुहुँदै गलत स्वार्थलाई पुरा गर्नका लागि अनावश्यक व्याख्या गर्न जरुरी नरहेको बताएका छन् । आवधिक ढङ्गले निर्वाचन गर्ने कुरामा कुनै व्याख्या गर्नुपर्ने कुरा नरहेको उनको भनाइ रहेको छ । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, कानुन व्यवसायी ध्रुबप्रसाद चौलागाई र मदन दाहाल, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई लगायत विद्यार्थी नेता र कार्यकर्ताहरुको उपस्थिति पनि रहको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.