हेटौंडा । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु मकवानपुरले हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन गरेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका थिए ।
विरोध प्रदर्शनमा नाफा घाटा जान्दैनौं पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर अर्थ मन्त्री राजीनामा दे भन्दै नारावाजी गरेका थिए ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी नै राख्ने उनीहरुले जनाएका छन् ।
नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको छ । यो सँगै पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ रुपैयाँ पुगेको छ ।
















