धनगढी । नेपाली काँग्रेस कैलालीले कैलालीको टीकापुरका ३ जना वडा अध्यक्षसहित १५ जनप्रतिनिधीलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारीस गरेको छ।
३ जना वडा अध्यक्षसहित १५ जनप्रतिनिधीले काँग्रेस दल त्यागी हाल अन्य राजनीतिक दलमा पार्टी प्रवेश गरेकाले उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी पद मुक्त गर्न र जनप्रतिनिधी समेत रहेको पद खारेजिको माग गर्दै निर्वाचन आयोगलाई सिफारीस गरीएको हो।
नेपाली काँग्रेस कैलालीका प्रचारप्रसार प्रमुख नृपबहादुर सुनारले साधारण सदस्य समेत नरहने र स्थानिय तहको पद समेत खारेज गर्न निर्वाचन आयोगलाई सिफारिस पठाएको जानकारी दिए । नेपाली काँग्रेस कैलालीका प्रचारप्रसार प्रमुख सुनारका अनुसार कैलालीको टीकापुर वडा नम्बर १ का वडा अध्यक्ष लाल बिर चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष रामसेवक महतो, वडा नम्बर ५का वडा अध्यक्ष रामशंकर डगौरा थारु छन् ।
यस्तै टिकापुर नगरपालिका कार्यपालिका सदस्य रमेश बिक, वडा नम्बर ३का वडा सदस्य बिना थारु, वडा न ३ वडा सदस्य भागिदेवि कामी, वडा न ४ वडा सदस्य तुलसा देवि बिक वडा न ४ वडा सदस्य प्रेमलाल चौधरी, वडा न ४ वडा सदस्य रुपमति डगौरा थारु, वडा न ५ वडा सदस्य बलबरि थारु (चौधरी), वडा न ५ वडा सदस्य कन्हैया चौधरी, वडा न ५ वडा सदस्य आशा थारु, वडा न ५ वडा सदस्य सरिता भुल, वडा न ६ वडा सदस्य रामशंकर चौधरी, वडा न ६ वडा सदस्य जमुना चौधरीलाई पदमुक्तकालागि निर्वाचन आयोगमा सिफारीस पठाएको छ।
नेपाली काँग्रेस कैलालील, टिकापुर नगर कार्यसमितिको माघ १४ गतेको निर्णय, क्षेत्र न १ प्रदेश सभा ‘क’ कार्यसमितिको सिफारिस, क्षेत्र न १ क्षेत्रिय कार्यसमितिले माघ १८ गतेको सिफारिस पत्र अनुसार जिल्लाका कार्यवहाक सभपति प्रकाश बमले निर्वाचन आयोगमा सिफारिस गरी पठाइएको जनाएका छन्।
















