Khabar Board
Flash logo up side
flash header

सुदूरपश्चिम प्रदेशको छ महिनामा बजेट खर्च न्यून

Nirbachan m

धनगढी । आर्थिक मसान्तमा बजेट खर्चको असारे प्रवृत्ति अन्त्य गर्ने दोहो¥याउँदै आएको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजितमध्ये छ महिनाको अवधिमा १३.३३ प्रतिशत बजेटमात्र खर्च गरेको छ । सरकारले बजेटमा समावेश गरेका अधिकांश योजनाहरु कार्यान्वयनमा नजाँदा बजेट खर्च न्यून भएको हो । विकासे अड्डाहरुकै बजेट खर्च न्यून छ ।

सरकारका धेरैजसो योजनाहरु कार्यान्वयनका लागि अझै सम्झौता हुन सकेका छैनन् । छ महिनाको अवधिमा चालू खर्च २०.०९ प्रतिशत हुँदा पूँजीगत खर्च ८.६८ प्रतिशतमात्र छ । पूँजीगततर्फको करिब १८ अर्ब १० करोड ३० लाख बजेटमध्ये छ महिनामा करिब एक अर्ब ५७ करोड २० लाखमात्र खर्च भएको छ ।

सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहत निकायमा छ । तर भौतिकको ११ अर्ब ८३ करोड ४४ लाखमध्ये एक अर्ब १६ करोड ७१ लाख (९.८६ प्रतिशत) मात्र खर्च भएको छ । उक्त मन्त्रालयले चालुतर्फ भने ३८.२६ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेशका सात वटा मन्त्रालयमध्ये तुलनात्मक रुपमा बढी बजेट रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका निकायको खर्च पनि न्यून छ । यो मन्त्रालयले दुई अर्ब ८४ करोड ४७ लाखमध्ये ३४ करोड ३५ लाख बजेटमात्र खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

विकासे मन्त्रालयका रुपमा रहेका सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको खर्च तुलनात्मक रुपमा बढी देखिए पनि समग्रमा कम छ । उद्योगले २०.५८ प्रतिशत र सामाजिकले २०.६२ प्रतिशत बजेट खर्च गरेको छ । यी दुई मन्त्रालयको बजेट क्रमशः दुई अर्ब १८ करोड ८९ लाख र छ अर्ब पाँच करोड ५६ लाख छ ।

Center article

प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार आर्थिक मामिला मन्त्रालयले छ महिनाको अवधिमा कुल बजेटको साढे १० प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १५.२६ प्रतिशत र मुख्यमन्त्री कार्यालयले ४.०८ प्रतिशत खर्च गरेका छन् । सरकारले चालु आर्थिक वर्षको ३० अर्ब ३३ करोडको बजेटमध्ये छ महिनामा चार अर्ब सात करोड खर्च गरेको हो । गत आर्थिक वर्षमा सरकारले करिब ७० प्रतिशत बजेट खर्च गरेको थियो । थप अवधिमा विकास निर्माणका कामलाई तीव्रता दिन नसके यस वर्ष कुल खर्च गत वर्षभन्दा कम हुने अनुमान गरिएको छ ।

प्रदेशको आर्थिक मामिला मन्त्रालयले पूँजीगत खर्च बढाउन मन्त्रालयका सचिवहरुलाई घचघच्याउने काम गरिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता उपसचिव तुलसीप्रसाद भट्टराइले पूँजीगत खर्च निकै न्यून रहेको बताए । ‘प्रगति न्यून छ । बजेट खर्चमा बाढाअड्काउ भए हामी फुकाउन तयार छौँ, बजेट खर्च बढाउनु प¥यो भनेर आर्थिक मामिला मन्त्रालयले अन्य मन्त्रालयलाई घचघच्याइ रहेको छ ।’ उनले भने ।

योजनाहरु ठेक्का प्रकृयामा गइसकेकाले अब खर्च बढ्ने जवाफ मन्त्रालयहरुबाट आउने गरेको भट्टराइले बताए । प्रशासनिक र प्रकृयागत कारणले सुरुमा बजेट खर्च कम हुने गरेको उनको भनाइ छ । ‘सरुवा–बढुवा हुने भएकाले साउन–भदौतिर कर्मचारी पनि काममा धेरै अग्रसर हुँदैनन् ।’ प्रवक्ता भट्टराइले भने, ‘ठेक्का प्रकृयाले पनि केही समय लिन्छ ।’

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.