Khabar Board
Flash logo up side
flash header

जीवन विकासलाई टक्कर दिने एउटा धेरै राम्राे आईपीओ निष्काशन हुने मिति तय

Nirbachan m

काठमाडौं । सर्वसाधारणका लागि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले सर्वसाधारणका लागि फागुन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो ।

जसमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २६ करोड रुपैयाा पुग्नेछ ।

Center article

लघुवित्तको आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.