हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ का पूर्व अध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाममा नयाँ दल दर्ता गर्ने तयारी गरेका छन् । माघ २५ गते गृहज जिल्ला हेटौँडा आएर राप्रपा त्यागेको घोषणा गरेका कमल थापाले फागुन १ गते नयाँ दल दर्ता गर्न लागेको उनका निकट राजाराम बर्तौलाले जानकारी दिएको छ । साथै थापाको पार्टीमा हिन्दुवादीहरुको समूहका मानिसहरु रहने पनि बताईएको छ ।
थापा नेतृत्वको पार्टीमा को को रहेका छन् त हेर्नुहोस् :
पूर्व कोषाध्यक्षद्वय चन्द्रबहादुर गुरुङ, उद्धब पौडेल, पूर्व प्रबक्ता सुशील श्रेष्ठसहितका नेता रहनेछन् ।
गत मंसिरमा सम्पन्न राप्रपा महाधिवेशनमा आफूलाई हराउन पार्टीभित्र हस्तक्षेप गरेको भन्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको चर्को आलोचना गर्दै पार्टी परित्याग गरेका थिए ।
















