धनगढी । धनगढीमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन्।
उपमहानगरपालिका-३ सहिद गेटबाट तीन जना युवकलाई ८८ ट्याब्लेट नाईट्रोभेट र २८ ट्याब्लेट स्पाससहित पक्राउ गरिएको प्रहरीले बताए ।
बोराडाँडीतर्फ जाँदै गरेको ध.उ.म.न.पा. ६८६ नम्बरको अटोमा चेकजाँच गर्ने क्रममा चालकको सिटमुनि लुकाई राखेको अवस्थामा लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पक्राउ पर्नेमा अटो चालक धनगढी ३ का अन्दाजी २१ वर्षीय एकेन्द्र बिष्ट, सोही ठाउँका २० वर्षीय सुरेन्द्र कोली र प्रकाश बिक रहेका छन्। उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।