बैतडी । बैतडीको पंचेश्वरमा एक जना वृद्धमाथी सामुहिक कुटपिट भएको छ । पंचेश्वर गाउंपालिका वार्ड नं ०५ गिरेगाडा स्थित बालर, अम्तडीका ८६ बर्षका साईचन चन्द माथि कुटपिट गरेको प्रहरीले बताए।
स्थानीय कृष्ण चन्दका अनुसार ”साईचन चन्दको घर खोलाको किनारमा र एकान्त रहेको छ। करिब राति ११ बजेको समयमा २/३ जना घरमा आएर तलको ढोका ढकढक गरे, ढोका नखोल्दा लात हानेर खोल्न खोजे तर तलको ढोका नखुलेपछि अर्को ढोका खोल्न खोजे। अर्को ढोका नि नखुलेपछि बाहिरबाट ढोकामा ढुङ्गा प्रहार गरे। बाहिरबाट यस्तो गर्ने को हुन भनेर चन्दले ढोका खोल्न खोल्दा लाठी प्रहार गरेको” बताए ।
साईचन चन्दको टाउकोमा गम्भिर चोट लागेकाे छ। यो कस्ले गरेको र किन गरेको भन्ने थाहा हुन सकेको छैन। दुवैजना बुढा-बुढि आखाँ नदेख्ने र घरमा केहि रुपयाँ, सुन भएकाले चोरी गर्न आएको हुनसक्ने प्रहरीले बताए ।
साईचन चन्द भारतिय आर्मि रिटायरमेंट समेत हुन । यता जिल्ला प्रहरी कार्यालय बैतडीमा कुनै पनि जानकारी नभएको बैतडीका प्रवक्ता एबम प्रहरी निरिक्षक दर्शन खडकाले बताए ।
















