काठमाडौ । कोभिड – १९ संक्रमणको कारण लामो समय देखि बन्द रहेका शिक्षण संस्था भोलि फागुन १ गते देखि खुल्ने भएका छन।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस र शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालय र शिक्षा तथा मानव श्रोत बिकासकेन्द्रको निर्देशन अनुरुप भोलि आइतबार देखि शिक्षण संस्था खुल्ने भएका हुन।
सिसिएमसिको मिति २०७८ माघ सिफारिस र शिक्षा मानव श्रोत बिकास केन्द्रको निर्देशन बमोजिम फागुन १ आइतवार देखि बिश्वबिद्धालय, बिद्यालयय, ट्युसन सेन्टर, तालिम केन्द्र वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप जनस्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाइ भौतिक उपस्थितिमै संचालन हुने भएका छन्।
केन्द्रको सूचना अनुसार १२ वर्ष माथिका विद्यार्थीलाई नियमित र १२ वर्ष मुनिका विद्यार्थीलाई आलोपालो रुपमा विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। यस अनुरुप देशै भरी शिक्षण संस्था र बिद्यालय खुल्ने जनाइएको छ।
फागुन र चैत्र महिना भरी पठनपाठन संचालन गरि बैशाखमा शैक्षिकशत्र सक्ने सरकारले यसअघि नै निर्णय गरिसकेको छ। त्यस अनुरुप एसइइको परिक्षा बैशाख ९ देखि २० सम्म हुने र कक्षा ११ र १२ को परीक्षा जेठमा गर्ने तयारी रहेको छ।














