डडेल्धुरामा जुवा खालबाट ३ जना पक्राउ

Image

डडेल्धुरा । डडेल्धुरामा जुवा खालबाट ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–५ का यक्षराज पाण्डेय, तीर्थराज जोशी र दिलबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताए।

शनिबार साँझ तीर्थराज जोशीको घरबाट जुवा खेलिरहेको अवस्थामा नगदसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। जुवाडेको साथबाट ९ हजार ६ सय रूपैयाँ सहित बरामद गरेको डडेल्धुराका प्रहरी निरीक्षक चन्दले बताए। दिनेशखबरबाट