धुलिखेल । बागमती प्रदेश अन्तर्गत विद्यालयहरुको आधारभूत तहका शिक्षकहरुका लागि Basic ICT (Online) तालिमकोलागि माग फाराम भर्न आह्वान गरेको छ।
शिक्षा तालिम केन्द्र धुलिखेल वा अन्य तालिम प्रदायक संस्थाहरुबाट प्रदान गरिने Basic ICT तालिम नलिनुभएका बागमती प्रदेश अन्तर्गत विद्यालयहरुका (स्थायी/ राहत/ अस्थायी करार) आधारभूत तहका शिक्षकहरुले यो फाराम भर्न सक्ने जनाएको छ।
तालिम केन्द्रका अनुसार यो तालिम ५ दिनको हुने जनाएको छ। केद्रले शिक्षकहरुबाट माग भई आएका Training Sift (Morning/Day/Evening) अनुसार Online mode बाट तालिम सञ्चालन गरिने व्यहोरा जानकारी गराएको छ।














