धनगढी । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ । बिहानै नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सो गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेका हुन् ।
बन्दकर्ताले बाँकेको बैजनाथ गाउँपालिकामा ढुंगा प्रहार गर्दा ००१ झ ४०१ नम्बरको गाडीको सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर हिमालय साहले जानकारी दिए ।
काठमाडौंबाट सुदूरपश्चिम प्रदेश आउदैँ गरेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेर २९ मिनेट जाँदा ढुंगा प्रहार गरिएको इन्सपेक्टर साहले बताए । अहिले सो गाडीलाई मन्त्रालय पठाइएको छ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग सहित विप्लवको नेकपा, सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, मोहन बैद्य किरणको क्रान्तिकारी माओवादी, ऋषि कट्टेलको नेकपा र माओवादी केन्द्र समाजवादीले संयुक्तरुपमा नेपाल बन्दको आव्हान गरेका हुन् ।














