कैलालीमा फेला परेको शंकास्पद वस्तु डिस्पोज

Image

धनगढी । कैलालीमा बुधबार बिहान फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

नेपाली सेनाको टोलीले प्रेसर कुकर बम जस्तो देखिने उक्त शंकास्पद वस्तु डिस्पोज गरेको र उक्त वस्तु बम नभएको प्रहरीले जनाएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ स्थित धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको थियो।

सम्बन्धित समाचार

कैलालीमा शंकास्पद वस्तु फेला