धनगढीमा बिना रेकर्ड खोप लगाई बालकको हातमा खोप कार्ड दिएपछि…

Image

धनगढी : धनगढीमा बिना रेकर्ड खोप लगाई बालकको हातमा खोप कार्ड दिएको फेला परेकाे छ ।

धनगढी उपमहानगरपालिका २ सन्तोषी टोल बस्ने टेकराज जोशीका १० वर्षीय छोरालाई स्कुल बाट घर आउने क्रममा बिहीबार बाटैमा छोपेर खोप लगाइएको बताएका छन्। बालकको उमेर १० वर्ष हुनु पर्नेमा १२ वर्ष ,कुन मितिमा लगाएको र कुन खोप लगाइएको भन्ने कुरा नखुलाई खोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।

उता वडा सचिव लाई सोध्दा कार्डमा रेकर्ड नभएको खण्डमा बच्चा आफैले खोप कार्ड बनाएको हुन सक्ने अभिव्यक्ति दिएको जोशीले जानकारी दिए ।

यसरी वडा कार्यालयले खोप जस्तो संवेदनशील कार्यमा लापरबाही हुनु दुखद भएको बताए । उनले आफ्नो बच्चाको स्वास्थ्यमा केही असर भए कानुनी प्रक्रियामा जाने समेत बताए ।