Khabar Board
Flash logo up side
flash header

एमसीसीको विरोधमा डडेल्धुरामा एक घन्टा सडक अवरुद्ध

Nirbachan m

डडेल्धुरा । अमेरिकी सहायता परियोजना एमसीसी आइतबार संसद् बैठकमा टेबल भएपछि डडेल्धुरामा विरोध प्रदर्शन गरिएको छ।

आइतबार अपराह्न जिल्ला सदरमुकामको बागबजारमा युवाहरूले विरोध प्रदर्शन गर्दै एक घन्टा सडक अवरुद्ध पारेका हुन्।आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता टेबल गरेका थिए ।

सोहीको विरोधमा ‘एमसीसी हामीलाई चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘तिम्रो एमसीसी फिर्ता लैजाउ, हामीले हाम्रो अस्मिता लुटाउनु छैन,’ लेखिएका प्लेकार्डसहित सडकमै बसेर युवाहरूले प्रदर्शन गरेका हुन् ।

Center article

आन्दोलनमा नेपाली कांग्रेस (बीपी)का जिल्ला संयोजक तिलक हमाल पनि सहभागी थिए । यसअघि पनि डडेल्धुरामा दिनहुँजसो एमसीसीको विरुद्धमा प्रदर्शन गरिएको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.