सुदूरपश्चिमका ३ सहित १२ प्रहरी जवान सम्पर्क बाहिर, हाजिर हुन ७ दिने म्याद

Image

काठमाडौं । सम्पर्कमा नरहेका सुदूरपश्चिम प्रदेशका ३ सहित १२ जना प्रहरी जवानलाई प्रहरी प्रधान कार्यालयले हाजिर हुन सात दिने म्याद दिएको छ। आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरी बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

सात दिनभित्र पनि सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ। सम्पर्कमा नआएका सुदूरपश्चिमका प्रहरी जवानहरुमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ घर भएका विजेन्द्र कार्की, बैतडीको दोगडाकेदार गाउँपालिका ३ घर भएका रामचन्द्र जोशी र दार्चुलाको मालिकार्जुन गाउँपालिका ३ घर भएका गणेशसिंह धामी रहेका छन्।