Khabar Board

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : सुदूरपश्चिम प्रदेशसहित यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना

सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ साथै सुदुर पश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानहरूमा हल्का वर्षा भएको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ ।

फागुन ११ गते (बुधबार)
दिउँसो : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १२ गते (बिहीबार)
दिउँसो : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको सूदूर पश्चिम,कर्णाली र प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १३ गते (शुक्रबार)
दिउँसो : देशको सूदूर पश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको साथै उच्च पहाडी र हिमाली भू(भागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ ।

सूदूर पश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश १ का धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै उक्त प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती : देशको सूदूर पश्चिम,कर्णाली, बाग्मती र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ ।

सूदूर पश्चिम,कर्णाली, गण्डकी, बाग्मती र प्रदेश १ का धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै उक्त प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.