Khabar Board
Flash logo up side
flash header

गुणस्तरहीन बनाएको भन्दै मेयरले डोजर लगाएर कालोपत्रे सडक भत्काएपछी…

Nirbachan m

झापा । गुणस्तरहीन सडक बनेको भन्दै विर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार सिवाकोटी आफैं लागेर कालोपत्रे सडक भत्काएका छन्।

मापदण्डविपरीत सडक निर्माण भएको भन्दै वडा नम्बर ८ को प्रगतिनगर शंखरवाडी टोल जाने कालोपत्र सडक डोजर लगाएर भत्काएको नगरप्रमुख शिवाकोटीले बताए।

नगरपालिकाका ईन्जिनियर, प्राविधिकसहित निर्माणाधीन कालोपत्रे सडकको अनुगमनका लागि पुगेका नगरप्रमुख शिवाकोटीले ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन कालोपत्रे सडक बनाएको भन्दै सडक भत्काउनु परेको बताए। उनले भने, ‘सम्झौता विपरीत गुणस्तरहीन सडक बनाउने छुट कुनै ठेकदारलाई छैन, ठेकेदार कम्पनीले सम्झौता अनुसार अब सडक बनाउनुपर्छ।’

२५० मिटर लम्बाइ, २० फुट चौडा उक्त कालोपत्र सडकको ठेक्का इलामको सिद्विथुम्का निर्माण सेवा प्रालिले १३ लाख ८५ हजार ३ सय १२ रुपैयाँमा लिएको थियो। उक्त निर्माण कम्पनीसँग विर्तामोड नगरपालिकाले असार २ गते सम्झौता गरेको थियो।

Center article

ठेक्का सम्झौता अनुसार २०७९ असार २ गतेसम्ममा सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो।

नगरप्रमुख शिवाकोटीले शुत्रबार डोजर लगाएर भत्काउन निर्देशन दिएपछि स्थानीय उपभोक्ता भने खुसी भएका थिए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.