Khabar Board

आजदेखि धनगढी-पोखरा उडान सुरु : कुन कुन बार उडान हुने

धनगढी

आजदेखि कैलालीको धनगढी-पोखरा बुद्ध एयरले उडान सुरु हुने भएको छ। आजदेखि सुरु हुने उडान सेवाको एक कार्यक्रमकाबीच उद्धघाटन गर्ने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरले धनगढी–पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जनाएको छ। सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी–पोखरा हवाई उडान सुरु हुन लागेपछि प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरेका छन्।

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) का सचिव पदम विक्रम सिंहले धेरै अनुरोधपछि बुद्धले पोखरा–धनगढी उडान भर्न लागेको भन्दै खुशी व्यक्त गरे। उनका अनुसार नाटाले आज धनगढी आउने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम पनि राखेको छ। धनगढी विमानस्थलबाट अहिले धनगढी–काठमाडौं र प्रदेशको अछाम, डोटी, बाजुरा र बझाङमा विमान उडान हुँदै आएको छ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.