Khabar Board
Flash logo up side
flash header

म्यादी प्रहरी : आवेदन दिन के के गर्ने ?

अघिल्‍लोपटक कतिले दिएका थिए निवेदन

Nirbachan m

काठमाडौं ।

सरकारले एक लाख म्यादी प्रहरीका लागि आवेदन आह्वान गरेको छ । स्थानीय तहको निर्वाचन ३० वैशाखलाई लक्षित गर्दै सरकारले एक लाख म्यादी प्रहरीका लागि आह्वान गरेको हो ।

नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागअन्तर्गत भर्ना छनोट शाखाले आज एक सूचना जारी गर्दै म्यादी प्रहरीका लागि भर्ना आह्वान गरिएको जनाएको छ ।

कार्यालयका अनुसार ६ देखि ११ चैतसम्म सार्वजनिक बिदाबाहेक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म म्यादीमा भर्नाका लागि निवेदन दिन सकिने छ ।

निवेदन महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर र जिल्ला सबै प्रहरी कार्यालयमा दिन सकिने कार्यालयले जनाएको छ ।

म्यादी प्रहरीका लागि नेपाल प्रहरीको जवान सरहको मासिक २२ हजार ६८० रुपैयाँ प्राप्त गर्ने छन् । यो पटक ४० दिनसम्मका लागि ३० हजार ३४० रुपैयाँ खातामा जम्मा हुने कार्यालयले जनाएको छ ।

त्यस्तै खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ट ७ हजार २०० र पोशाक तथा अन्य सामान खरिद गर्नका लागि प्रतिव्यक्ति ६ हजारका दरले उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

त्यस्तै निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीका लागि जाने आउने तयारी स्वरूप प्रतिव्यक्ति एकपटकका लागि १ हजारका दलले उपलब्ध गराउने पनि कार्यालयले जनाएको छ । बीमा लगायतका अन्य सुविधा सरकारले तोके अनुसार हुने बताइएको छ ।

योग्यता

  • दरखास्त फाराम दर्ता गर्ने मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने,
  • नेपाली नागरिक हुनुपर्ने,
  • कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको,
  • कुनै राजनीतिक दलको सदस्य नरहेको,
    शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त रहेको,
  • साधारण लेखपढ गर्न जान्ने ।
Center article

प्राथमिकता

  • सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल)मा विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेस गर्ने व्यक्ति,
  • नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू,
  • विदेशी मित्रराष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिक,
  • विगतका निर्वाचनहरूमा म्यादी प्रहरीको रूपमा भर्ना भई सन्तोषजनक कार्य गरेका व्यक्ति ।

अघिल्लो पटक दोब्बरभन्दा धेरै आवेदन

स्थानीय तहको निर्वाचन २०७४ मा म्यादी प्रहरी निर्वाचनको लागि आवश्यकताभन्दा दोब्बर आवेदन परेको थियो ।

२०७४ मा स्थानीय तहको चुनावका लागि ७५ हजार म्यादी प्रहरी माग गरिएकोमा एक लाख ७२ हजार आवेदन परेको थियो । गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि भन्दै म्यादी भर्ना गर्न आवेदन मागेको थियो ।

अघिल्लो पटक स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीको अवधि ५५ दिन तोकिएको थियो । २०७४ मा नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनको लागि प्रदेश नम्बर १ मा १२ हजार ५५१ जना मागेकोमा ३७ हजार ६५६ जनाको आवेदन परेको थियो ।

यस्तै गरी मधेस प्रदेशमा १६ हजार ९०९ जना माग गरेकोमा ३५ हजार ७१ जना, बागमतीमा १२ हजार ८०२ जना माग गरेकामा २४ हजार १०२ जनाले आवेदन दिएका थिए ।

त्यस्तै, गण्डकीमा ६ हजार ६५७ जना माग गरेकोमा १२ हजार आठजना, लुम्बिनीमा १४ हजार १५१ जना माग गरेकोमा ३५ हजार ७२८ जनाको आवेदन परेको थियो । त्यसैगरी कर्णालीमा पाँच हजार १८ जना माग गरेकामा १५ हजार ११८ जना र सुदूरपश्चिम प्रदेशमा १९ हजार २५८ जनाले आवेदन दिएका थिए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.