तलबबारे शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना (सूचना-सहित)

Image

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक प्रशासन शाखाले कर्मचारीको अपुग तलब थपघट गर्ने अधिकार सम्बन्धित लेखा उत्तरदायि अधिकृतबाट मन्त्रालय बजेट सूचना प्रणालीमा संशोधन गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

सो शाखाले मंगलबार सुचना जारी गर्दै अपुग तलब व्यवस्थापन सम्बन्धमा अर्थमन्त्रालयको पत्रअनुसार तलब रकम अपुग भएमा सोको व्यवस्थापनको लागि विनियोजन ऐन, २०७८ को दफा ८ (७) को व्यवस्था कार्यान्वयन गरी अनिवार्य दायित्वअन्तर्गत रकम थपघट गर्ने अधिकार लेखा अधिकृतलाई दिएको हो।

यस्तो छ सूचनामा : उपरोक्त सम्बन्धमा अर्थ मन्त्रालयको च.नं. ५६९ मिति २०७८।११।२० को अपुग तलब व्यवस्थापन सम्बन्धमा विषयको पत्रानुसार तलब रकम अपुग भएमा सोको व्यवस्थापनको लागि विनियोजन ऐन, २०७८ को दफा ८) को व्यवस्था कार्यान्वयन गर्ने गरी अनिवार्य दायित्व अन्तर्गत तलबको एउटै बजेट उप शिर्षक भित्रको रकम थपघट गर्ने अधिकार सम्बन्धित लेखा उत्तरदायी अधिकृतबाट मन्त्रालय बजेट सूचना प्रणाली (LMBIS) मा संशोधन गर्ने व्यवस्था मिलाई सकिएकोले सोही बमोजिम बचत रहने रकमबाट तलबको व्यवस्थापन गर्नुहुन र सो गर्दा समेत अपुग हुने तलब नियमानुसार कोष तथा लेखा नियन्त्रक कार्यालयमा माग गर्नु हुन भनी लेखीआएको पत्र यसैसाथ संलग्न राखी सबैको जानकारीको लागी निर्देशानुसार अनुरोध छ।

चालु आर्थिक बर्षमा विभिन्न मन्त्रालय/निकायहरुबाट राष्ट्रसेवक निजामती कर्मचारी, नेपाली सेना, प्रहरीको अपुग तलब माग भई आएकोमा सोको व्यवस्थापनको लागि विनियोजन ऐन, २०७८ को दफा ८(७) को व्यवस्था कार्यान्वयन गर्ने गरी अनिवार्य दायित्व अन्तर्गत तलबको एउटै बजेट उप शिर्षक भित्रको रकम थपघट गर्ने अधिकार सम्वन्धित लेखा उत्तरदायी अधिकृतबाट मन्त्रालयत बजेट सूचना प्रणाली (110315) मा संशोधन गर्ने व्यवस्था मिलाई सकिएकोले सोही बमोजिम बचत रहने रकमबाट तलवको व्यवस्थापन गर्नुहुन र सो गर्दा समेत अपुग हुने तलब नियमानुसार कोष तथा लेखा नियन्त्रक कार्यालयमा माग गर्नु हुन मिति २०७८/११/१६ को (सचिब स्तरीय) निर्णयानुसार हुन अनुरोध छ।