काठमाडौ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाे शिक्षक व्यवस्थापन समन्वय शाखाले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई रिक्त दरबन्दीको विवरण पठाउन अनुराेध गरेको छ ।
शाखाले आइतबार पत्र पठाउँदै सात दिनभित्र शिक्षक सेवा आयाेगकाे विज्ञापनका लागि पठाइएकाे शिक्षक पदहरूकाे स्थानीय तहगत विवरण पठाउन अनुराेध गरेकाे हाे ।
प्रत्येक जिल्लाबाट पठाएको २०७८ चैत्र मसान्त सम्मको रिक्त दरबन्दी विवरण विज्ञापनको लागि आयोगमा पठाइसकिएको र सोही आधारमा आयोगले विज्ञापन गरेको हुँदा उक्त दरबन्दीमा केही समय पश्चात स्थायी शिक्षकहरुको पदस्थापना हुने भएकोले विवरण तत्काल पठाउन आज एक सूचना जारी गरी निर्देशन दिएको छ।
यस्तो छ सूचनामा : प्रस्तुत विषयमा तहाँ जिल्लाबाट प्राप्त भभको २०७६ चैत्र मसान्त सम्मको रिक्त दरबन्दी विवरण विज्ञापनको लागि शिक्षक सेवा आयोगमा पठाइसकिएको र सोही आधारमा आयोगले विज्ञापन पनि गरिसकेको व्यहोरा अवगत नै छ । उक्त दरबन्दीमा केही समय पश्चात स्थायी शिक्षकहरुको पदस्थापना हुने भएकोले ति दरबन्दीहरुको तपसिलको ढाँचामा स्थानीय तहगत विवरण (यस अघि आयोगमा विज्ञापनको लागि पठाइएको तहगत दरबन्दीमा फरक नपर्ने गरी) soft copy सात दिन भित्र यस केन्द्रमा आइपुग्ने गरी पठाइदिनु हुन निर्देशानुसार अनुरोध छ ।