कृणालको बलमा श्रीमान् आउट भएपछि नताशाको यस्तो रियाक्सन (भिडियोसहित)

Image

काठमाडौं ।

हार्दिक पाण्ड्या र कृणाल पाण्ड्या आईपीएल २०२२ अघि मुम्बई इन्डियन्सबाट खेल्थे। आईपीएल २०२२ मेगा लिलामी पछि भने दाजुभाइ अलग–अलग फ्रेन्चाइजीको हिस्सा बने।

हार्दिकलाई गुजरात टाइटन्सले कप्तान बनाएको छ । कृणाललाई लखनउ सुपर जायन्ट्सले ८.२५ करोडमा किनेको थियो । यी दुवै दाजुभाइबीच सोमबार राति गुजरात र लखनऊको खेलमा दुई दाजुभाइबीचको प्रतिस्पर्धा देख्न पाइयो । हार्दिकले आफ्नो कोटाको चार ओभर बलिङ गर्दा कृणालले उनको बलिङको सामना गरेनन् । तर, हार्दिकले भने कृणालको अगाडि ब्याटिङ गर्नुपर्यो ।

टाइटन्सको टोली १५÷२ को स्कोरमा संघर्ष गरिरहेको बेला हार्दिक चौथो नम्बरमा ब्याटिङ गर्न क्रिजमा आए । उनले म्याथ्यू वेडसँग इनिङ्स सुधार्ने प्रयास गरेका थिए । यो साझेदारी तोड्नका लागि केएल राहुलले कृणाललाई बल दिए ।

उनको स्पेलको दोस्रो ओभरमा हार्दिकले उत्कृष्ट चौका प्रहार गरे । तर, कृणालले आफ्नो स्पेलको तेस्रो ओभरको पहिलो बलमा हार्दिकलाई आउट गर्न गर्न सफल भए । हार्दिक र वेड क्रिजमा हुँदा रनरेटको दबाब बढिरहेको थियो । यस्तो अवस्थामा हार्दिकले कृणालको बलमा लामो शट खेल्ने प्रयास गरे । तर, उनको बल छक्काको दिशामा नभएर फिल्डिर मनिष पाण्डेको हात जान पुग्यो ।

कृणालको बलमा आउट भएपछि हार्दिक निराश देखिन्थे । कृणाल अनुहारमा हात राखेर हल्का मुस्कुराए । हार्दिककी श्रीमती नताशा रहेको स्ट्यान्डमा सबैभन्दा रोचक दृश्य देखिए पनि उनी अलमलमा परेकी थिइन् । हार्दिकले २८ बलमा ५ चौका र एक छक्काको मद्दतले ३३ रन बनाए । कृणालको बलमा हार्दिक आउट भए पनि गुजरातसँग लखनऊ ५ विकेटले पराजित हुन पुग्यो ।

https://twitter.com/jagathishtdvm/status/1508491169004613633?s=20&t=U_S4fwRoyFKGxOPiC8Qd0g